आजदेखि एसईईको ग्रेड वृद्धि परीक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ ।

सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षा दिन पाउने छैनन् । यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था थियो ।

यसपटकको एसईई परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजारले मात्रै ग्रेड वृद्धि परीक्षाको फर्म भरेका बोर्डले जनाएको छ ।

पूरक परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ । त्यसका लागि ५५० केन्द्र तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार