मधेशका मुख्यमन्त्री सिंहले थपे पाँच राज्यमन्त्री, अहिलेसम्मकै ठूलो मन्त्रिमण्डल गठन

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जना राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै मधेश सरकारको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । यो मन्त्रिपरिषद् अहिलेसम्मकै ठूलो आकारको बनेको हो । मधेशमा मन्त्रालयको संख्या भने १२ रहेको छ ।

आज एमाले, कांग्रेस, जनमत र लोसपाबाट राज्यमन्त्रीहरु नियुक्त भएका छन् । एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

जनमतले मुख्यमन्त्री बाहेक दुई, कांग्रेस र एमालेले चार/चार र लोसपाले एक मन्त्रालय सम्हालेको छ । यसअघि नै एमालेका दुई र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार