पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

पहिरोका कारण डडेल्धुरामा अवरुद्ध भएको भीमदत्त राजमार्ग १० घण्टापछि खुलेको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो ।

पहिरोका कारण अवरुद्ध राजमार्ग तत्काल एकतर्फी रुपमा खुलाएर रोकिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

तर अहिले पनि डोजरले पहिरो पन्छाइरहेकाले राजमार्ग दुुईतर्फी रुपमा सञ्चालनमा आउन अझै समय लाग्ने प्रहरीले बताए ।

डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–१ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

राजमार्ग सञ्चालनमा नआउँदा हजारौं यात्रु अलपत्र परेका थिए । राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएपछि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु आज बिहान ८ बजेदेखि अलपत्र परेका हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार