सिटिजन्स बैंकका ग्राहकले पर्साको मेडिसिटी बयोधा अस्पतालमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पर्साको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालसँग एक सम्झौता गरेको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले नेपाल मेडिसिटी बयोधा अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् ।

यो सम्झौताले ग्राहकलाई नगद कारोबार छाडेर डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने बैंकको अपेक्षा छ ।

बैंकले डिजिटल बैंकिङ च्यानलको प्रयोगलाई प्रवर्द्धन गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार