बंगलादेशकी प्रधानमन्त्री हसिना लागिन् सुरक्षित स्थानतर्फ, प्रधानमन्त्री कार्यालयमा छिरे प्रदर्शनकारी

ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ लागेकी छन् । उनी सैनिक हेलिकप्टरमा चढेर सुरक्षित स्थानमा लागेकी हुन् ।

बंगलादेशको अखबार डिली स्टारका अनुसार हसिना प्रधानमन्त्री कार्यालय गोनो भवनबाट सुरक्षित स्थानतर्फ गरेको बताएको छ । तर, राजीनामा दिएर हो वा नदिइकन भने खुलाइएको छैन ।

त्यस्तै प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमा छिरेको बंगलादेशको समाचार दैनिक प्रोथोम अलोलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले लेखेको छ । हजारौंको संख्यामा प्रदर्शनकारीहरू सरकारी भवन छिरेको समाचारमा उल्लेख छ ।

बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

बंगलादेशमा विभिन्न जिल्लामा जारी आन्दोलनमा आइतबारमात्रै कम्तिमा ९१ जना मारिएका छन् । प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार