सुदूरपश्चिममा एमालेले अघिल्लो सरकारकै मन्त्रीहरुलाई दोहोर्याउने, भागमा तीन मन्त्री र एक राज्यमन्त्री
सुदूरपश्चिमका मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका कमल बहादुर शाहले सोमबार नै सरकारलाई पूर्णता दिने गरी अघि बढेका छन् ।
मुख्यमन्त्रीमा समर्थन गर्ने नेकपा एमालेलाई तीन मन्त्री र एक राज्यमन्त्री दिएर सरकारमा सामेल गराइँदैछ । स्रोतका अनुसार नेकपा एमालेले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।
एमालेबाट सुरेन्द्र बहादुर पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई पहिलो प्राथमिकतामा राखिएको छ । उनीहरू दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा पनि सामेल भएका थिए ।
एमालेबाट सन्तोष कुमारी शर्माले पनि मौका पाउने सम्भावना छ । एमालेका एक नेताका अनुसार दिउँसो २ बजे बस्ने संसदीय दलले मन्त्रीको बैठकले मन्त्रीको अन्तिम नाम टुंगो लगाउने छ ।