तोलाकै डेढ लाख पुग्यो सुन, हालसम्मकै उच्च मूल्य

सुनको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको छ। गत शुक्रबार १ लाख ४९ हजार ९ सय पुगेर आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको सुनको मूल्य सोमबार तोलाकै डेढ लाख रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो नै हालसम्मको उच्च मूल्य हो। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा चाँदी २८ अमेरिकी डलर र सुन २ हजार ४ सय ३६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार