बंगलादेशको अवस्था भयावह बन्दै, देशभर कर्फ्यु र इन्टरनेट बन्द

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच बढ्दो झडपमा मृत्यु हुनेको संख्या ९० पुगेको छ। बंगलादेशमा सरकारी जागिरमा कोटा खारेज गर्न माग गत महिनादेखि विद्यार्थीले आन्दोलन गरिरहेका छन्।

विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा दिन माग गरेका छन्। बंगलादेशी प्रहरीका अनुसार सिराजगन्ज जिल्लाको एक प्रहरी चौकीमा भिडले आक्रमण गर्दा १३ प्रहरी अधिकारीको मृत्यु भएको छ।

बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ ।

आइतबार बंगलादेशका विभिन्न भागहरूमा हजारौं मानिसहरू भेला भए र शेख हसिनाको राजीनामाको माग गरेका थिए । शनिबार प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए । बंगलादेशमा हालै प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ ।

आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न खोजिरहेका छन् । यसअन्तर्गत सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार