नेपाल इन्भेष्टमेन्ट मेगाकाे नाफासँगै बढ्याे बैंकको प्रतिशेयर आम्दानी

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

सो अवधिसम्म बैंक ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधमिा बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेर १५ अर्ब १ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ३० करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेर १ अर्ब ७८ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत बढेर १७ अर्ब ६७ करोड रुपैयाँ, सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेर ८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक देखिन्छ ।

यस अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ । अघिल्लो वर्ष १.६६ प्रतिशत रहेको खराब कर्जा यो अवधिमा १.२१ प्रतिशतमा झरेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३३ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको जगेडा कोष २६.३८ प्रतिशत बढेर २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकले ४ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार