पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले २५ वटा विभागमा प्रमुख चयन गरेको छ ।
यही साउन १६ गते बसेको केन्द्रीय समिति बैठकले २५ वटा विभागसहित जनवर्गीय संगठनका इन्चार्ज एवम् सातवटै प्रदेशमा उत्प्रेरक तोकेको छ ।
संगठन विभाग प्रमुखमा सोनामसिंह स्याङतान, प्रशिक्षण विभागमा महेन्द्र श्रेष्ठ र अन्तर्राष्ट्रिय विभागमा दुर्गा सोव तथा आर्थिक विभाग प्रमुखमा हिसिला यमीलाई जिम्मेवारी तोकेको छ । समाजवादी दलले प्रचार प्रसा तथा सूचना प्रविधि (आईसीटी) विभागको प्रमुखमा मानुषी यमी भट्टराईलाई चयन गरेको छ ।
यस्तै, पार्टीको विधान अधिवेशन आगामी कात्तिक १ देखि ४ गतेसम्म पोखरामा गर्ने तय भएको नेसपाले जनाएको छ ।