प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र कुनै गुटबन्दी स्वीकार्य नभएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत उपाध्यक्षसहितका केन्द्रीय सदस्यहरूलाई सपथ गराउने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हाम्रो पार्टीमा कुनै गुटबन्दी स्वीकार्य छैन । कतिपयले प्रजातन्त्रका लागि झगडा हुनुपर्छ पनि भन्छन्, हाम्रोमा त्यस्तो हुँदैन,’ ओलीले भने ।
साथै, उनले गुटबन्दीको विषयलाई गम्भीर भएर मनन गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । ‘यस्तो कुरा कति सुनिया सुनियो भन्नुहोला, यो सुनेर उडाउने कुरा होइन। मनन गर्ने कुरा हो,’ उनले भने ।