कांग्रेसको वडा अधिवेशन स्थगित, महाधिवेशन कार्यतालिका प्रभावित हुने

नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि साउ १२ गतेदेखि देशभर गर्ने भनिएको वडा अधिवेशन स्थगित भउको हो । तर, शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले हालका लागि अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुुसार अब कहिले गर्ने भन्ने निर्णय हुन बाँकी छ । उनले पदाधिकारी बैठकमा वडाको अधिवेशन स्थगन गर्ने निर्णय भएको बताए ।

प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए । उनले भने, ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन । अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।

बैठकमा निर्वाचन समितिको निर्देशिका तयार गर्ने सहमति भएको छ । यस्तै क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार बिहान ९ बजे सभापति देउवालाई प्रतिवेदन बुझाउने निर्णय भएको छ । असार २० गते बुझाउने गरी कार्यतालिका बनाएपनि मंगलबार मात्र बुझाउँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार