युथ फोर्सको भ्याली कमाण्ड घोषणा हुँदै, अध्यक्ष ओलीले शपथ खुवाउने

नेकपा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आज ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा गर्दैछ । युवा संघले दुई साता अघिमात्र ‘युथफोर्स’ ब्यूँताएको थियो । पार्टीको रक्षा पंक्तिका लागि भन्दै ब्यूँताएको युथ फोर्सको आज शनिबार भ्याली कमाण्ड घोषणा गर्दैछ ।

युवा संघका इन्चार्ज महेश बस्नेतले पत्रकार सम्मेलन आयोजना गरेर युथ फोर्स ब्युँताएको जानकारी दिएका थिए । युथ फोर्सको प्रमुखमा क्षितिज थेवे र उपप्रमुखमा पुष्प श्रेष्ठ छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ खुवाउने कार्यक्रम रहेको छ । शपथ ग्रहण कार्यक्रमअघि शनिबार युथफोर्सले काठमाडौँमा मोटरसाइकल ¥याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार