नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी ३४४ सदस्यीय बनाएको छ । महाधिवेशनबाट निर्वाचित ९३ सदस्यले शुक्रबार कमिटीलाई पूर्णता दिएको हो ।
एकीकृत समाजवादीले १५ प्रतिशत मनोनीतसहित ३४४ जनालाई केन्द्रीय सदस्य बनाएको हो । असार १६–२१ मा भएको महाधिवेशनले २९९ सदस्यमध्ये ९३ सदस्यमात्रै बनाएको थियो ।
असार तेस्रो साता भएको महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारीसहित ९० केन्द्रीय सदस्य घोषणा गरिएको थियो ।
सम्मनित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदललाई पार्टीका सातै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा केन्द्रीय सदस्यको नामावली तयार पारिएको बताइएको छ ।
केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी छनोट गरिनेछ ।