सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् ।

संसदबाटै विश्वासको मत नलिइकन राजीनामाको घोषणा गरेका उनले राजीनामा पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका हुन् ।

केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । उनले राजीनामा नदिएर संसदबाटै विश्वासको मत लिने बताएका थिए ।

एमालेले सर्मथन फिर्ता लिएको शुक्रबार ३० पूरा भएको छ । बुधबार पत्र पठाएर शुक्रबार चार बजेका लागि बैठक आह्वान गरेका थिए ।

यद्यपि बैठकमा विश्वासको मत नलिइकन उनले राजीनामा घोषणा गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार