एनआईएमबी बैंकले बीवाईडीका गाडी किन्न फाइनान्सिङको सुविधा दिने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) र बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कबीच फाइनान्सिङसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतासँगै अब एनआईएमबी बैंकले बीवाईडीका सबै गाडीमा ८० प्रतिशतसम्मको फाइनान्सिङ उपलब्ध गराउने भएको छ ।

यसका लागि बीवाईडीको गाडी किन्न चाहनेले एआईएमबी बैंकमको ब्रान्चमा अटो ऋणका लागि आवेदन दिन सक्नेछन् ।

तीन दिनको मूल्यांकनपछि योग्य ग्राहकले सहजै ऋण सुविधा पाउने बीवाईडीले जनाएको छ । यसका लागि ब्याजदर निकै सुलभ आधार दरमा एक प्रतिशतमात्रै प्रिमिय हुने बैंकले जनाएको छ ।

सम्झौतामा एआईएमबी बैंकका सीईओ ज्योतीप्रकाश पाण्डे र साइमेक्स इंककातर्फबाट सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार