प्रभु बैंकले झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले झापामा दुर्गापुरसहित यो साता मात्रै पाँच शाखा खोलेको हो ।
झापा शाखा बैंकको सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले उद्घाटन गरे ।
कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, ७ नम्बरका वडाध्यक्ष भीष्मभूषण सिटौला, ८ नम्बरका वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापालगायतले दुर्गापुर शाखाबाट सेवाग्राहीले सहज रुपमा बैंकिङ सुविधा लिन सक्ने बताए ।
बैंकका कोसी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान बनाउन बैंक शाखा सञ्चालनमा ल्याइएको धारणा व्यक्त गरे ।
हाल बैंकले ३१४ शाखा, २८६ एटीएम, ६९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।