ग्लोबल आइएमई बैंक र कतारको गल्फ एक्सचेन्ज रेमिटबीच सम्झौता

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्ज कम्पनी कतारबीच नेपालमा सहज रेमिटयान्स सम्झौता भएको छ ।

सम्झौतापछि रोजगारी क्रममा कतारमा रहेका नेपालीले गल्फ एक्सचेन्जका १७ शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।

ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालय तथा नेपालभरि रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५०,००० बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।

सम्झौताअनुसार कतारमा रहेका नेपालीले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिट पठाउन सक्नेछन् ।

हाल बैंकले ३५४ शाखा, ३८४ एटिएम, २७७ शाखारहित बैंकिङ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार