खोटाङको खर्मी केन्द्रविन्दु भएर भूकम्प

खोटाङको खर्मी केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको खर्मी आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ । सो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Loading...