निर्वाचन आयोगविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा, हेड काउन्ट रोक्न माग

जनता समाजवादी पार्टी (जसपा)को का अध्यक्ष महन्थ ठाकुर र्विाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका छन् । जसपा विवादको मुद्दामा र्विाचन आयोगमा सोमबार हुने भनिएको सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै अध्यक्ष ठाकुर अदालत गएका हुन् ।

अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार सर्वोच्चमा दायर गरेको रिटमा जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका ११ साउनमा बोलाउने निर्णय गरेको थियो । नेताहरुका अनुसार ११ साउनमा हेडकाउन्ट गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर भएन भने उपेन्द्र यादव पक्षले आधिकारिता पाउनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार