ग्लोबल आइएमई बैंकका कर्मचारीलाई सात दिन भ्रमण बिदा अनिवार्य

ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीले वार्षिक ७ दिन आन्तरिक भ्रमणका लागि बिदा लिनैपर्ने व्यवस्था गरेको छ ।

आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि बैंकका कर्मचारीले आफ्नो वार्षिक बिदामध्ये १ हप्ता आन्तरिक भ्रमणका लागि छुट्याउनुपर्ने बैंकले व्यवस्था गरेको हो ।

कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवतजावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको छ ।

यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबि बिदा लिने कर्मचारीहरुले अनिवार्य रुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

यस बैंकको ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्र मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार