ओलीप्रति माधव नेपालको कटाक्ष- महाराजधिराज खुसी हुनुभयो, हामीलाई आममाफी मिलेछ !

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिएका छन् ।

नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ मडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएको छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड ।’

कटाक्षपूर्ण भनाइमा नेपालले थपे, ‘कति हामी गदगद भयौं । महाराजधिराजबाट उवाच । हामी गदगद भयौं-वाह, वाह । महाराजधिराज कति खुसी भए छन्, हामीलाई आम माफी दिँदै छन् । नाँच्नुपर्ने भयो । यही हो प्रगति ? यहीलाई कम्युनिष्ट प्रवृत्ति भनिन्छ ?’

कार्यक्रममा नेता नेपालले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै चुनौतीको सामना गर्दै अघि बढ्ने बताएका छन् । उनले अघिल्लो वर्ष यही विषयको कार्यक्रमा बोल्ने क्रममा पार्टीमा संकट आएको उल्लेख गरे । गत वर्षदेखि केपी ओलीले पार्टीको विधी पद्धतिलाई उल्लंघन गर्दै आफ्नै तरिकाले अगाडि बढ्दै गएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार