सुजिता भण्डारी मृत्यु प्रकरण: दाजु नाता पर्ने २३ वर्षीय सुकदेव पक्राउ

चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । उनी हिजो नै पक्राउ गरेको डिसएपी इन्द्रबहादुर रानाले बताए ।

बेपत्ता भएको १० दिनपछि गत असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका ३ की भण्डारीलाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको थियो । मृतक सुजिताकी आमा अम्बिका भण्डारीले युवकको नाम नै तोकेर आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि सुकदेवलाई काठमाडौँबाट पक्राउ गरिएको डिसएपी रानाले बताए ।

झापाको झापा गाउँपालिका – ६ शरणमतिका सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ ।

शुरुमा परिवारले सुजिताको अपहरण भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । असार २० गते ब्रह्मास्थानी सामुदायिक वनको भीरको खोल्सामा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार