नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालमा शुक्रबार थप २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ६९८ पिसिआर परीक्षणका क्रममा १ हजार ९ सय ८२ जना र ३ हजार ६ सय १० एन्टीजेन परीक्षणका क्रममा ९९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या ७ लाख ३० हजार १४६ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म  कोरोनाका कारण ९ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ६ सय ७८ जना निको हुँदा हालसम्म नेपालमा ६ लाख ३९ हजार ३६८ सङ्क्रमित निको भएका छन् ।
हाल २७ हजार ६६१ सक्रिय सङ्क्रमित आइसोलेसन र ३३५ जना क्वारेन्टाइनमा छन् । यस्तै नेपालमा ३५ लाख १७ हजार ८८९ पिसिआर र २ लाख ८२ हजार १७९ वटा एन्टीजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार