लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय

लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको छ ।

शुक्रबार काठमाडौंका जिल्ला प्रमुख कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक विष्णुप्रसाद भट्ट, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजङ्ग शाहीसहित यातायात व्यवसायी मजदुरहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गत साउन ५ गतेको गृहमन्त्रालयको पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम काठमाडौं उपत्यकाबाट मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी संचालन गर्ने र प्रस्थान विन्दुबाट यात्रुबाहक बस प्रवेश विन्दुमा प्रवेश गर्दा अनिवार्य रुपमा यात्रुहरूको मोबाइल नम्बरको विवरणसहित चलानी प्रवेश विन्दुको ट्राफिक प्रहरी पोष्टमा बुझाउनु पर्ने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार