राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भेट्न अध्यक्ष ओली बिहान साढे ११ बजे शितलनिवास पुगेका थिए ।
उनी शुक्रबार बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका हुन् । उनीहरुबीच करिब ४५ मिनेट समसामयिक राजनीतिक विषयमा वार्ता भएको शीतलनिवास स्रोतले जानकारी दिएको छ ।
ओलीले प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।