कञ्चनपुरमा जंगलभित्र पुरुषको शव भेटियो, सनाखत हुन बाँकी

कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ । भीमदत्त नगरपालिका २ स्थित जङ्गलमा सडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको हो ।

शवको पहिचान भएको छैन । बिहीबार साँझ स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई जानकारी गरेका थिए ।

प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । साथै शवको सनाखत गर्ने कार्य भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार