नेपाल प्रहरीका ९८ जना प्रहरी नायव निरीक्षक (सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो । २०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।बढुवा समिति सचिवालयले शुक्रबार बढुवा सिफारिस भएका व्यक्तिको नाम सार्वजनिक गरेको हो।