बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक शुक्रबार बिहान ९ बजे बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार आजको बैठकको मुख्य एजेन्डा क्रियाशील सदस्यतामाथि देखिएका विवाद हल गर्ने हुनेछ ।

पार्टी कार्यालय सानेपाको आँगन, मुलढोका र पहिलो तलामा धर्ना र आमरण अनशन रहेकोले त्यहाँ बैठक नगरेर बूढानिलकण्ठमा बैठक गर्न लागेको जनाइएको छ । सानेपामा बारा, सप्तरी र सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । बाराका कार्यकर्ता धर्ना बसेको १३ दिन भइसकेको छ ।

कांग्रेसमा १२५ वडामा क्रियाशीलबारे विवाद छ । विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट नयाँ अधिवेशन गर्ने कि के गर्ने भन्ने आजको बैठकले टुंगो लगाउनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार