थप २ हजार ७१४ जनामा संक्रमण, २४ जनाको मृत्यु

नेपालमा मंगलबार थप २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १२२ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ८५५ र ३ हजार ७०७ एन्टीजेन परिक्षणका क्रममा ८५९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २४ कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ६६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार २८८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ३७ हजार ६९० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म ३५ लाख ४ हजार १९१ वटा पिसिआर र २ लाख ७८ हजार ५६९ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार