चितवनमा मृत भेटिएका व्यक्ति धादिङका गुरुङ

चितवनमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । बिहीबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर–१७ सिमलडाँडा नहरमा एक व्यक्ति मृत भेटिएका थिए । उनी धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी  ३६ वर्षीय वर्षीय भरत गुरुङ रहेको बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीले बताए । उनी नेपाली सेनाको महेन्द्र दल गण  राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सेनाको हुद्दा रहेको खुल्न आएको छ ।

बिहीबार बिहान बस्तीबाट करिब ३ सय मिटरको दुरीमा रहेको सो स्थानमा बिहान पैदलयात्रीले बाटोमा रगत देखेपछि नहरमा हेर्दा शव भेटिएको थियो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको बायाँतर्फको कन्चटमा गहिरो चोट देखिएको छ । ‘नजिकै गोलीको खोका भेटिएकाले त्यहीबाट मृत्यु भएको हुनसक्ने आशंका छ,’ कार्कीले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार