जसपा विवादको मुद्दाको सुनुवाइ निर्वाचन आयोगको इजलासमा जारी

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ निर्वाचन आयोगको इजलासमा जारी छ ।

बिहीबार बिहान ११ बजेदेखि आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए ।

उनका अनुसार आयोगले आजै बहस सक्ने गरी तयारी गरेको छ । उनले दुवै पक्षका तीन–तीन जना कानुन व्यवसायीबाट बहस गर्ने र अरु अधिवक्ताले केही भन्न चाहेको अवस्थामा भने बहस नोट लेखेर दिन सक्ने जानकारी दिए । तर, आजै निर्णय हुन गाह्रो हुने उनले बताए ।

जसपाको आधिकारिकता दाबी गर्दै जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको थियो । साउन ३ गतेदेखि इजलासमा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको थियो । पहिलो चरणको बहस सकिएपछि आयोगदले दुवै पक्षलाई आआफ्नो सक्कल प्रमाण पेस गर्न आदेश दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार