यातायात व्यवसायीको विरोध र्‍यालीले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

व्यवसायीले साना ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्‍याली निकाल्दा थप जाम भएको छ ।

व्यवसायीले चक्रपथमा सवारी र्‍याली निकालेका थिए । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । त्यस्तै यातायात मजदूरलाई खोप उपलब्ध गराउनुपर्ने, २० वर्ष पुगेका सवारी साधनको अवधि थप हुनुपर्ने, नवीकरण तथा जरिवाना छुट लगायतका माग व्यवसायीले राखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार