चितवनमा युवकको शव भेटियो, घटनास्थल नजिकै गोलीको खोका भेटियो

चितवनमा एक युवकको शव भेटिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर–१७ सिमलडाँडा नहरमा शंकास्पद अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार बनगाई डेरी चोक नजिकै शारदानगर जाने बाटोमा रहेको नहरमा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो । टाउकोमा गोली लागेको जस्तो देखिएको अधिकारीले बताए । घटनास्थलमा १ थान गोलीको खोका भेटिएको उनको भनाइ छ ।

बस्तीबाट करिब ३ सय मिटरको दुरीमा रहेको सो स्थानमा बिहान पैदलयात्रीले बाटोमा रगत देखेपछि नहरमा हेर्दा शव भेटिएको थियो ।  शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार