नेपाल राष्ट्र बैङ्कसहित १५ बैङ्कको सिस्टम ह्याक भएको पत्रले बैकिङ क्षेत्रमा तरङ्ग

नेपाल राष्ट्र बैंकसहित १५  वटा वाणिज्य बैंकको सिष्टम ह्याक भएको भन्दै हयाकरका नामबाट प्राप्त इमेलका कारण अहिले बैंकिङ क्षेत्रमा तरंग फैलिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता, साहयाक प्रवक्ता सहित नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको इमेल ठेगनासहित प्राप्त पत्र र प्रवक्ता देवकुमार ढकालको मोबाईलमा आएको फोन कलका कारण अहिले नेपालको बैकिङ क्षेत्रमा त्राससँगै तरंगित छ ।

नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको पाइएको छ ।  ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । 

राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सचेत अवस्थामा रहेको र बिहीबार बिहानसम्म कुनै गडबडी नभएको सम्बद्ध बैंकहरूले जनाएका छन् । ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ । इम्पोर्टेन्टडटइनएटयानडेक्सडटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनीसमेत दिइएको छ ।

नेपाल राष्ट्र बैङ्कसहित १५ बैङ्कको सिस्टम ह्याक भएको पत्रले बैकिङ क्षेत्रमा तरङ्ग

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार