सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

साथै शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने र कांग्रेस एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार