अनुसन्धान विभागका अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतलाई नक्कली प्रमाणपत्र पेस गरेको मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतले आज बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो । विशेषले उनलाई पाँच हजार जरिवाना गर्ने फैसला सुनाएको हो ।

बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाई स्कुल तहको नक्कली प्रमाणपत्र पेस गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको अभियोगमा विशेषले २०८० मङ्सिरमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार