बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहीँ पुर्‍याउँदैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै उनले डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ नपुर्‍याउने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्‌, ‘हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्था माथि गम्भीर आघात पुर्‍याउने डा. बाबुराम भट्टराईको उरन्ठेउलो बुद्धिले नेपाली समाजलाई कहीँ पुर्‍याउँदैन।’ भट्टराईलाई ‘उरन्ठेउलो’ को संज्ञा दिँदै यस्तो बुद्धिले कहीँ नपुगिने टिप्पणी गरेका हुन्।

पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता भट्टराईले विश्वास खतरनाक हुन्छ भन्दै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाएको तस्वीर शेयर गरेका थिए। उक्त तस्वीरमा ‘विश्वास खतरनाक चिज भएको र त्यसले दूध फालेर मुत्र पिलाउने’ भनाइ उल्लेख छ ।  भट्टराईको सो अभिव्यक्तिप्रति अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार