नुनमा गडबडी: म्याद गुज्रेको बेच्ने र बढी मूल्य लिने दुई मार्टलाई ६ लाख रुपैयाँ जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेको र बढी मूल्यमा नुन बेचिरहेका दुई मार्टलाई ३/३ लाख जरिवाना गराएको छ ।

सोल्टीमोडमा रहेको म्याक्रो मिनि मार्ट र ताहाचलको मेगा मार्ट प्रालिलाई उक्त जरिवाना गरिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसनबाट उत्पादन तथा वितरण भएको आयोनुन म्याक्रो मिनिमार्टले बढी मूल्यमा बेचेको थियो भने मेगा मार्टले उपभोग गर्नुपर्ने मिति नाघिसकेको नुनको बिक्री गरेको विभागले जनाएको छ ।

उनीहरुलाई उपभोक्ता संरक्षण ऐनअनुसार उक्त जरिवाना गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार