दोस्रो खेलमा नेपाल श्रीलंका डेभलपमेन्टसँग चार विकेटले पराजित

नेपाल श्रीलंका डेभलपमेन्टसँग ४ विकेटले पराजित भएको छ । श्रीलंकामा बुधबार भएको दोस्रो खेलमा नेपाली महिला टोली ४ विकेटले पराजित भएको हो ।

१०७ रनको विजय लक्ष्य पछ्याएको श्रीलंका डेभलपमेन्टले १ बल अगावै पूरा गर्‍यो । श्रीलंका डेभलपमेन्टका लागि एन सेनारथनेले सर्वाधिक २७ रन बनाइन् भने एस सन्दीपानीले १९ रन बनाइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो । नेपालका लागि कविता कुँवरल २९ र कप्तान इन्दु बर्माले २८ रुन बनाइन् । मंगलबार भएको पहिलो खेलमा पनि नेपाल श्रीलंका डेभलपमेन्टसँग ३३ रनले पराजित भएको थियो ।

नेपाली महिला टोली एसिया कप खेल्न श्रीलंका पुगेको हो । एसिया कपमा नेपालले साउन ४ गते युएईसँग खेल्नेछ । त्यसपछि ६ गते पाकिस्तान र ८ गते भारतसँग नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार