महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधामा निरन्तरता

महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकलाई क्युआर मर्चेन्टमार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ ।

यसअन्तर्गत भारतीय नागरिकले भारतीय भुक्तानी सेवा प्रदायक जस्तै भिमपे, पेटीएम, गुगलपेको माध्यमबाट बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरमा सुरक्षित र सुविधाजनक भुक्तानी गर्न सक्नेछ्न् ।

यस्ता कार्यबाट नेपाल-भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाइमा पुर्‍याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । यसअघि बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल आउने भारतीय पर्यटकलाई लक्षित गरी सेवा छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न बैंकले संस्थागत ग्राहकसँग आवश्यक सहकार्य समेत गर्ने जनाएको छ ।

बैंकले १०३ शाखा कार्यालयबाट देशभर सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार