अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा क्यानडाविरुद्ध २-० को सहज जित हासिल गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक उपाधिनजिक पुगेको हो ।

पहिलो हाफको २२ओैँ मिनेटमा जुनियर अल्भारेजको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ५१ओैँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे ।

अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्वे र कोलोम्बियाबिचको विजेतासगँ खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार