एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश, १५ अर्ब ७३ करोड बढी राजस्वमा योगदान

नेपालमा सबैभन्दा धेरै शाखा सञ्जाल भएको एनआईसी एशिया बैंक लिमिटेड २४औँ वर्षमा प्रवेश गरेको छ । २४औं वर्षसम्म आइपुग्दा बैंकले ३५६ शाखा, ७० विस्तारित काउन्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत बैंकिङ्ग सेवा सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना २७ लाख ३६ हजार भन्दाबढी निक्षेप खाता ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत सेवा प्रवाह गरिरहेको बैंकले आफ्ना सेयर धनीलाई लगानीमा उच्चतम मुनाफा दिन सफल भएको छ ।

लगानीकर्तालाई प्रतिफल, आफ्नो सामाजिक उत्तरदायित्वको वहनसँगै देशको आर्थिक वृद्धिमा टेवा पुर्‍याउँदै आएको एनआईसी एशिया बैंकको स्थापनादेखि हालसम्म आइपुग्दा प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व योगदान गरेको छ ।

देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यो बैंकले आ.व. २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (८८ अर्ब ९६ करोड) वृद्धि गरेको जनाएको छ । कर्जा तथा निक्षेप वृद्धिमा हामीले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै भएको बैंकको भनाई छ ।

आ.व. २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न हामी सफल भएको बैंकको दाबी छ ।

गौरवमय २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको छ । जस अन्तर्गत यस बैंकको डेबिट क्रेडिट कार्ड प्रयोग गरी पोस तथा ई कमर्स भुक्तानी गर्दा तथा एनआईसी एशिया मो बैंक मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० सम्म क्यासब्याक योजना सञ्चालनमा ल्याएको छ ।

वार्षिक उत्सवको अवसरमा श्रावण ७ गते कार्ड वा एनआईसी एशिया मो बैंकबाट कारोबार गर्ने पहिलो १,००० (एक हजार) ग्राहकले यो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैकले अन्य बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्‍याएको छ ।

आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटिएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा देशकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको बैंकको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार