ग्लोबल आईएमई बैंक र नास–आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आईटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्वाहकको रुपमा रहेको र ग्लोबल आईएमई बैंक पनि सदैव राज्यप्रति उत्तरदायी सस्थाको रुपमा रहेकोले यो सम्झौता अघि बढेको जानकारी गराउँदै ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरुको बारेमा समेत बताए ।

यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोशेढुंगा साबित हुने पोखरेलले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार