भीम रावललाई राजीनामा फिर्ता लिन माधव नेपालको आग्रह

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । बुधबार आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् ।

बैठकमा नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भ रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको छ ।

नेता नेपालले भीम रावललाई राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । नेपालले दायाँ बायाँ केही नभनी राजीनामा फिर्ता लिनुपर्ने बताए ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा दिएका थिए । पार्टी एकताको दश बुँदे सहमति जुटाएको कार्यदलमा रावल नेता नेपाल तर्फका संयोजक थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार