कांग्रेस सांसद अमरेशले बुझाए पार्टी सभापति देउवालाई राजीनामा पत्र

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिएका छन् । क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेटेर बुधबार राजीनामा पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । क्रियाशील सदस्यता वितरणको नाममा पार्टीमा काम नगरेका ठेकेदारलगायतलाई क्रियाशील दिइएको उनको आरोप छ । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर सानेपामा बाराका नेता कार्यकर्ता १० दिनदेखि धर्नामा छन् भने धनुषाका तीन नेता चार दिनदेखि आमरण अनसनमा छन् । सर्लाहीमा अन्य पार्टीबाट आएकाहरूलाई समायोजनका नाममा धेरै क्रियाशील सदस्यता दिएकोमा सिंहले असन्तुष्टि जनाउँदै आएका छन् ।

उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको बताएका छन् ।  सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार