सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने

सन् २०३२ को ओलम्पिक अष्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ब्रिसबेनलाई ३५औं ओलम्पिक आयोजना गर्न दिने निर्णय गरेको हो ।

यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ‌ओलम्पिक आयोजना भएको थियो ।

टोकियोमा बुधबार सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएको हो ।

योसँगै ब्रिसबेन ओलम्पिक आयोजना गर्ने अष्ट्रेलियाको तेस्रो शहर बनेको छ । यसको लागत पाँच विलियन डलर तथा आम्दानी १७ विलियन डलर हुने अनुमान गरिएको छ ।

कोरोना भाइरसले प्रभावित सन् २०२० को टोकियो ओलम्पिक एक वर्ष ढिलो गरी बिहीबारदेखि सुरु हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार