प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना सङ्क्रमणबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । बुधवार काठमाडौँमा नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका हुन् । उनले मुलुकमा विकास लगायत धेरै कुराको आवश्यक रहेपनि अहिले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा ल्याउनेमा रहेको धारणा राखे ।
प्रधानमन्त्री देउवाले नेपालमा कोरोनाको तेस्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको उल्लेख गरेका छन् । उनले सबै नागरिकलाई खोपको पहुँचमा पुराउने प्रतिवद्धता दोहराए । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उनले निजी क्षेत्रलाई आह्वान पनि गरे । उनले अहिलेको अर्थमन्त्री मेहनती र भिजन भएको भन्दै नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा सुधार गर्ने विश्वास व्यक्त गरेका छन् ।
फेसबुकबाट प्रतिक्रिया