इलामका रामबहादुर काठमाडौँको माछापोखरीबाट सातदिन देखि सम्पर्कविहिन

इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ४ घर भएका रामबहादुर श्रेष्ठ काठमाडौँको माछापोखरीबाट सातदिन देखि सम्पर्कविहिन भएका छन् । गत असात १४ गते दिउँसो २ बजे घुम्न जाने भन्दै माछापोखरीस्थित आफन्तको घरबाट निस्किएका श्रेष्ठ अझै सम्पर्कमा आएका छैनन् ।

प्रहरीलाई खबर गरि खोजि गर्दा समेत फेला नपरेको श्रेष्ठका आफन्त सौरभ श्रेष्ठले बताए । राम बहादुर वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (दुबई) भएका छोरालाई भेट्न जाने भन्दै केही दिन अगाडी काठमाडौँ आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार