चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप ल्याउन आजबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले लगातार तीन उडान गर्दैछ ।
नेपाल एयरलाइन्स दोस्रो पटक खोप ल्याउन आज राती ११ बजे बेइजिङ उड्ने भएको छ । यो जहाज बिहीबार काठमाडौं अवतरण गर्नेछन् । बिहीबार साँझ जहाज पुनः बेइजिङ जाने छ । सो जहाज शुक्रबार काठमाडौं आउने छ । अर्को उडान शनिबार साँझका लागि तोकिएको छ । सो जहाज आइतबार काठमाडौं आउने छ ।
गत बिहिबार नै खोप ल्याउन बेइजिङ उड्ने तालिका तय भए पनि चीनले तयारी नपुगेको भन्दै ६ दिन रोक्न भने पछि बुधबार (आज) जहाज त्यसतर्फ जान लागेको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले बताए ।
यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो, भने भोलि सोही संख्यामा खोप ल्याउने जनाएको छ । सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुँवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।